‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ


काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृंखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन्। ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु भइसकेको छ। संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन्। फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन्। उनले नेपालमा रहेका ८ हजार मिटर अग्लो ७ वटा शिखर आरोहण गरिसकेकी छिन्।


आइएमई लिमिटेड आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदैं आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *