सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले कयाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

असार १ गते भएको शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *