सुसेलि मञ्चले साहित्यकार डम्वर घिमिरेको जन्म दिनको उपलक्ष्यमा सुसेलि रचना वाचन


भक्तपुर । भक्तपुर सुसेलि मञ्चले साहित्यकार डम्वर घिमिरेको जन्म दिनको उपलक्ष्यमा सुसेलि रचना वाचन आज सम्पन्न भयो । कार्यक्रमको सभापति रामशरण न्यौपानेले गर्नु भएको थियो । सुसेलि मञ्चको पहिलो रचना वाचक कार्यक्रम भएकोले सुसेलि मञ्च भक्तपुरलाई सवै स्रष्डाहरुले वधाई एवं शुभकामना दिनु भयो ।

उक्त कार्यक्रममा वुढ्यौलि साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरे ,अनुशिला नेपालका अध्यक्ष जिवनाथ अधिकारीले आफना सुसेलि साहित्य कविता वाचन गर्नु भएको थियो । साहित्यकार डम्वर घिमिरे ७९ वर्षमा प्रवेश गर्नु भएको उपलक्ष्यमा उहाँको जन्मदिनको विषयमा विभिन्न साहित्य स्रष्ठाहरुले डम्वर घिमिरेको विषयमा सुस्वास्थ एवं दिर्घ जिवनको कामना सहित कार्यक्रम सञ्चालन डिल्लीप्रसाद मुलतिहुनले गर्नु भएको थियो ।

हाम्रा सम्वाददाता विश्वनाथ ढुङगेलका अनुसार सिद्धेश्वर सामुदायिक भवन भक्तपुर कौशलटारस्थित तेस्राटारमा भएको उक्त वाचन कार्यक्रममा २२ जना सुसेलि साहित्यकारहरुले आफना कविता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न जिल्लावाट आउनु भएका साहित्य स्रशष्ठाहरुले सुसेलि मन्च भक्तपुरलाई सफलताको कामना तथा डम्वर घिमिरेलाई जन्म दिनको शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रमका सभापति रामशरण न्यौपानेले आजको कार्यक्रममा सरिक हुनु भएका सवैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *