चापाकोटका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा मृत्यु


वालिङ । स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा परी निधन भएको छ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो । हरीले पुतलीबजार ९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *