९० बर्षिय सानदाईको जिवनी
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटबाट निकै फुर्तिला हसिला चिरि च्याट्ट परेर हाम्रा माझमा रहनु भएका ढाकाटोपि र सुकिला लुगामा सजिएका ९० वर्षका जेष्ठ नागरिक सानुदाइ सहित ८० जनाको टोलि भक्तपुर देखि वनेपा धुलिखेल भकुण्डेवेसि हुँदै कुशेस्वर महादेवको दर्शन गरि पूर्णरुपमा आफू स्वस्थ रहेको कुरा हामिलाई स्फुर्तिका साथ भन्नु भयो । सानुदाई मेरा वा सरहका भएता पनि मेरा बा आमा सवैले सानदाईनै भन्ने गरेको हुदाँ मैले पनि उहाँलाई सानदाईनै भन्ने गरेको हो ।सानुदाई नेवार जाति भएता पनि हामी व्राम्हण सरह नै उहाँ आफना कर्म गर्नु हुन्थ्यो । उहाँको र हाम्रो घर सँग सँगै भएकोले हाम्रो र उहाँका विषयमा सवै कुरा साझेदारि हुन्थ्यो ।उहाँवाट हामिले पूर्ण रुपमा सहयोग पाइरहन्थ्यौ । उहाँको प्रसस्ति जग्गा जमिन छ । उहाँ कुनै पनि कुरामा कमि कमजोरि होईन । एउटा सहयोगि भावनामा लागि पर्नु भएको उदारता व्यक्ति हो । पढाईमा उहाँको खासै अव्वल छैन भन्दा पनि हुन्छ ।खेतिपातिले सम्पन्नता भए पनि त्यो जवानामा नेवारले व्यापार मात्र गर्नु पर्छ भन्ने सोचले होला वा आमा बा लाई ज्ञानको कमिले हामिलाई पढाउनु भएन तर पछि कान्छाभाईलाई पढने मौका दिईयो र उनी नेपाल सरकारको उप सचिव सम्म हुने मौका पाए । किसानका लागि सधै भरि मल बोकनु खेतिलाई कसरी योग्य हुन्छ उर्वरा बनाउनु जस्ता कामत दैनिकि नै थियो ।
सानदाई गाउँँका उदाहरणिय व्यक्तित्वमा गनिनु हुन्छ। किनकि सम्पति नभएता पनि हृदयले सम्पति दिए सरह समाजको सेवा गर्दथे । साच्चै भन्नू पर्दा निःस्वार्थि भावनाका सानदाई फुर्तिला वलिया र निडर थिए । कसैको खरको छानो लगाउनु परेमा पनि सानदाईकै खोजि ,कसैको पालि विग्रियो भने पनि सानदाईकै खोजि ,छाना पालिमा झिगंटि टायल मठ मन्दिर मर्मत वा नयाँ वनाउन वा लगाउन पनि सानदाईकै खोजि । एवं रितमा सानदाईले सामाजिक सेवाभावले अगाडि वढदै आफना परिवारप्रति पूर्णजिम्मेवारि वहन गरि जीवन चलाउँदै आज सवैका लागि प्रेरणादायि बनी रहेका छन सानदाई । उनका अर्ति उपदेशको गुणगान आज सवैका लागि सहि उपदेश रहेको छ । किनकि उनको ४० वर्ष अगाडिको भनाई के थियो भने भोलिका दिनमा व्राह्मणले वेद वेच्छन । क्षत्रिले आफनो कर्म विर्सन्छ र नेवारले आफनो ब्यापारी पेशा छोडछ भन्नु र अहिले हाम्रो देशको राजनिति अवस्थाले गर्दा पनि उस्तै अवस्था देखियो । सुर्यविनायक नगरपालिका वडा नं ३ (पुरानो वालकोट गाविस ९ नं ) मा स्थायि वसोवास गर्ने नेवार क्षेत्री र व्राह्मण जातिको वाहुल्य रहेको थियो । अब त बाहिर जिल्लावाट आएर वसोवास गर्ने धेरै भई सके मैले पुरानो वालकोटको १ नं देखि ९ नं वडा सम्म चिनजान थियो ।
कुनै कार्यहरु गर्दा सवैलाई वोलाईन्थ्यो र आफू पनि सवैको घरमा गईन्थ्यो भने अब त्यो समय कहाँ गयो ।अहिले त वल्लो पल्लो घरमा पनि वोलचाल छैन । हामी वुढा पाकालाई माया मोह आफ्नो घरवाट वाहेक अरुवाट पाईने धेरै कम छ । माया भनेर हामिलाई लाउन खान लेउ भन्या होईन मिठासका भाषाहरु गरि दिए हुन्छ भन्या । हाम्रो उपाय भनेको जीवन कसरी काट्ने हो । छोरा छोरीहरु सक्षम छन । इमानदारी छन । खेतिपाति गर्न गार्हो मान्दैनन । म राजनितिमा प्रखर नभएता पनि राणा शासन देखि धेरै थाहा छ ।राणाहरुले जे पायो त्यहि गरेर नेपालमा अराजकता मात्र गरेकोले उनिहरु हटेका हुन । २००७ सालमा प्रजातन्त्र आयो त्यसले पनि जनतालाई रा्म्रो गरेन हामिले जति दुख गरेता पनि खेतिपातिवाट उब्जेका धानवालि आधा तल्छिङलाई वुझाउनु पर्थ्यो नवुझाए पुलिस आउँथ्यो । पछि वल्ल वल्ल कम वालि तिर्ने वनाए जहान वच्चा पाल्न पनि अलि सहज भयो । हिडेर काठमाडौ जानू पर्थ्यो । उहाँका जोश जागंर त अझै मरेको छैन ।
लौरि टेक्न परेको छैन । हिम्मतका कुरा हामिले गर्यो भने आफू पनि जोसियर अगाडि सरि वोल्नमा हामिले सिकाउनु पर्दैन । वरु उल्टै हामिलाई यसो गर उसो गर ,यो गर्या खोई । मठ मन्दिर राम्रो सँग निर्माण गरि सवैको सेवा गर आदि ईत्यादि नम्रताका भावले उहाँवाट अर्ति उपदेश मिल्दछ । तिम्रा बाबू वाजेको इज्जत राख्या छौ पनि अझ इज्जत राख्नु ,समाजसेवाका भावनामा तिम्रो ईच्छा जागरुक छ ।अरुले तिमिलाई गालि गर्लान् त्यसको कुनै वास्ता नगर्नु । भगवानले हेर्नु हुन्छ आदि ईत्यादि अर्ति उपदेश मलाई दिनु हुन्छ । अहिले पनि हामी भन्दा नयनमा कुनै कम छैन ।कनकमा तृष्णा नै छ । वोलिमा वुढ्याईपनले मात्र सानो आवाज तर प्रष्टछ । नेवार जातिको सानदाई तर भाषा वोल्दा शुुध्दता नै पाएको छु । मैले तपाईं एक सय वर्ष बाँचिन्छ भन्दा यसरी बाँच्नु हुदैन । किनकि मैले गर्दा सवैलाई दुख हुन्छ । सकेसम्म चाडै नै जानू राम्रो हुन्छ तर भाग्यले के गर्छ हेरौ । छोरा छोरि नाति पनाति भैसके । अन्त्यमा सानदाईले मलाई आशिष दिनु पर्यो भनी सोधे । उहाँ भन्नु हुन्छ मैले अघि नै भनी सके राम्रो गर्नु । सवैको भलो गर्नु ,यहि नै तिमिलाई मेरो आशीर्वाद भनी दिनु भयो । म धेरै खुशि भएँ । उहाँको आशिष मलाई मात्र हैन सवैलाई लागोस् । सानदाईलाई जस्तै अरु वृद्धा यस्तै खुसि देख्न पाउँ । यहि छ मेरो ईच्छा, यहिनै छ मेरो कामना ।
विश्वनाथ ढुंगेल
ज्येष्ठ नागरिक समन्वय समिति संयोजक
सुर्यविनायक नगरपालिका वडा नं ३ वालकोट