कहाँ-कहाँ छ आज बाढीको जोखिम ? उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । वर्षायाम सुरु भएसँगै नदी तथा खोला खोल्साहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । महाशाखाले अबका तीन दिन तमोर, अरुण, कन्काईलगायत नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज देशका केही साना नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्ने सक्ने जनाएको छ । ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *