पाँच तारा साकोसले माग्यो सदस्यसँग सल्लाह तथा सुझाव


काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग सल्लाह तथा सुझाव माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक बर्ष २०८०।८१ को बार्षिक नीति, कार्यक्रम तथा बजेट तयार गर्ने भन्दै सदस्यसँग सुझाव माग गरेको हो । सदस्यहरुले आफ्नो सल्लाह तथा सुझाव संस्थाको इमेल, फेसवुक र वेवसाइट मार्फत उपलब्ध गराउन सकिने प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।

साथै संस्थाले सदस्यहरुलाई अनिवार्य मासिक बचत असार मसान्तसम्म जम्मा गरिसक्न समेत अनुरोध गरेको छ । मासिक बचत जम्मा नगर्ने सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोषको रकम नदिने समेत संस्थाले जनाएको छ। साथै संस्थाबाट ऋण लिएर साँवा व्याज तिर्न बाँकी रहेका सदस्यहरुलाई असार २० गते भित्र मिलान गरिदिन समेत आग्रह गरेको छ । यदि तोकेको समयमा ऋणको साँवा व्याज भुक्तानी नगरेमा ऋणी र जमानी दुबै विरुद्ध लेनदेन मुद्धा आकर्षित हुन सक्ने सूचना प्रकाशित गरि जानकारी गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *