यस्तो बन्यो समाजवादी मोर्चाको ब्यानर
काठमाडौं । राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रम राखिएको छ । सोमबार दिउँसो ३ बजे राखिएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण केही ढिलो सरेको हो ।
प्रधानमन्त्री प्रचण्ड संखुवासभा, पाँचथर, ताप्लेजुङमा गएको बाढीपहिरोको अवलोकनमा निस्किएपछि समाजवादी मोर्चाको कार्यक्रम केही ढिला हुने भएको छ । अहिले माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता राष्ट्रिय सभा गृहमा पुग्ने क्रम जारी छ ।
घोषणा कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा नेपाल राखिएको छ । रातो र सेतो फ्लेक्समा मुठ्ठी कसिएको छ । पहिलोपटक कम्युनिस्ट पार्टीका नेताहरूले ब्यानरमा हँसिया हथौडा प्रयोग गरेका छैनन् ।