समाजवादी मोर्चा नेपालको घोषणा, यस्ता छन् १५ बुँदे प्रतिबद्धता
काठमाडौैं । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयाजित विशेष कार्यक्रममा मोर्चाको घोषणा भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेसँगै समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा भएको हो । मोर्चामा ५४ जना सांसद छन् ।
मोर्चामा आलोपालो अध्यक्षता गर्ने सहमति भएको छ । चार दलका तर्फबाट प्रचण्ड, नेपाल, यादव र विप्लवले पालैपालो अध्यक्षता गर्नेछन् । अहिले मोर्चा गठन गरिए पनि भविष्यमा यसलाई नै पार्टीमा रूपान्तरण गर्ने प्रचण्डको रणनीति छ । जसमा विप्लवले पनि साथ दिएका छन् ।