हाम्रो देशमाथि अत्याचार मच्चिरहेको छ,यो परिस्थिति सामान्य खालको छैन: विप्लव

काठमाडौं । समाजवादी मोर्चाका सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादीको लक्ष्यमा पुग्न मोर्चाले भूमिका खेल्ने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेकपाका महासचिव समेत रहेका विप्लवले नेपालको स्वाधिनताको लडाइँलाई अघि बढाउन र समाजवादको यात्रा तय गर्न मोर्चाले भूमिका खेल्ने बताएका हुन् ।

विप्लवले भने, ‘नेपाल अहिले अत्यासलाग्दो राजनीतिबाट गुज्रिरहेको छ । हाम्रो देशमाथि अत्याचार मच्चिरहेको छ । अग्रगमन र पश्चगमनको लडाइमा नेपाल रुमल्लिरहेको छ । यो विशिष्ट परिस्थिति सामान्य खालको छैन ।’

उनले प्रतिगामी र पश्चगामी शक्तिलाई मौकाको फाइदा उठाउन दिन नहुने उनको भनाइ छ।

‘यो नेपालको राजनीतिको नयाँ प्रयोग हो । सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ भने संघर्ष गरिरहेको पार्टी पनि यहाँ छन् । यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । यो देशको नेतृत्व देशभक्त स्वाभिमान नागरिकले गर्ने हो । हामी तरंगित पनि छौं । वैज्ञानिक समाजवादको लक्ष्यमा दृढ छौं ।’

उनले नयाँ पुस्तालाई निरास बनाएर नेपालको अस्तित्व बेच्ने कार्य सैह्य हुन नसक्ने बताए । कुनैपनि देशको गुलामी बन्न स्वीकार्य नहुने उनले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *