प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयको बजेट माथी छलफल
काठमाण्डौं । आज प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ । आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जस अनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल हुनेछ। हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।