प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ ।

उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि बृहत नागरिक आन्दोलनले आज अदालतबाहिर प्रदर्शन गरेको हो । सो क्रममा ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *