संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा

काठमाडौं । पछिल्लो २४ घन्टामा संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा भएको छ । यस वर्षको मनसुन सुरु भएपछि २४ घन्टामा यति धेरै वर्षा भएको पहिलोपटक हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार संखुवासभामा अहिले पनि भीषण वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार २६५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ७२ र स्वचालितः १९३) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार २१९ वटा केन्द्रहरुमा वर्षा भएको छ । ती केन्द्रहरुमध्ये सबैभन्दा बढी वर्षा संखुवासभाको नुम केन्द्रमा भएको छ।

वर्षा मापन गरिएका केन्द्रहरुमध्ये ७३ वटा केन्द्रहरुमा १० मिलिमिटरभन्दा बढी, २३ वटा केन्द्रहरुमा २५ मिलिमिटरभन्दा बढी, तीनवटा केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी र एउट केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा व्यापक धनजनको क्षति भएको छ । गृह मन्त्रालयका अनुुसार हालसम्म १० जनाको मृत्यु र २४ जना बेपत्ता भएका छन् । बाढीपहिरोले ताप्लेजुङका अधिकांश सडक क्षतविक्षत भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *