एचआइएफयू फेसियलले अनुहारलाई चम्किलो बनाउछ ः बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ


काठमाण्डौं । एचआइएफयू फेसियल अहिले सौन्दर्य क्षेत्रको एक लोकप्रिय उपचार पद्दति भएको छ। आफुलाई सधै जवान देखाउन अनुहारको छालालाइ बिसेष कसिलो, चम्किलो र स्वास्थ्य बानाउने एक भरपर्दो माध्यम भएको कुरा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकि संचालिका बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ बताउछिन। उनको अनुसार एचआइएफयू फेसियल एक गैर सर्जिकल छाला उपचार हो जुन हाम्रो छालालाई कडा, चिल्लो र बलियो बनाउन प्रयोग गरिन्छ। एचआइएफयू छालाको उपचारको क्रममा, एचआइएफयू ऊर्जाले उपचार गरिएको तन्तुलाई तुरुन्तै तातो बनाउँछ। यो तातोले थर्मल इन्जुरी भनिने चीज सिर्जना गर्छ जसले शरीरलाई मर्मत मोडमा लैजान्छ, जसले गर्दा नयाँ कोलाजेन र इलास्टिन उत्पादन हुन्छ। श्रेष्ठ भन्छिन,एचआइएफयू फेसियल उपचारले हाम्रो छालाको बिभिन्न गहिराईमा पुगी माथिल्लो तहदेखि तल भित्रि सतही भाग सम्म अनुहारको मांसपेशीलाइ जसले कडा, बलियो र चिल्लो छाला बनाइ अनुहारलाई चम्किलो बनाउछ। जसले गर्दा अनुहारलाई आकर्षक र सुन्दर देखिन्छ।

एचआइएफयू फेसियल अल्ट्रासाउन्ड फेसियल भएकोले अनुहारको बुढ्यौलीको लागि एक गैर इनभ्यासिभ उपचार हो। जसले गर्दा अनुहारमा चाउरिपनको हराउछ। संक्रमण र खुला छालाको घाउ, गम्भीर वा सिस्टिक एक्ने, र उपचार क्षेत्रमा धातु प्रत्यारोपण भएका मानिसहरूका लागि भने एचआइएफयू फेसियल नगर्न सुझाब दिईन्छ। लामो समय देखि एचआइएफयू फेसियल ट्रिटमेन्ट गर्दै आएकी बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठका अनुसार एचआइएफयू फेसियल बिना सुई छाला(कसाउने उपचार हो जसले तपाईंको छालालाई बुढ्यौलीपन हटाउन, स्किन बलियो बनाउन र कडा बनाउन एचआइएफयू फेसियल गर्ने गराउछ। अनुहारको छालामा भित्रि भाग सम्म उच्च तीव्रता केन्द्रित अल्ट्रासाउन्ड तरंगहरू पठाएर, एचआइएफयू ले छालाको बुढ्यौली र छालाको शिथिलताका लक्षणहरूको उपचार गर्न हाम्रो शरीरको आफ्नै प्राकृतिक प्रक्रियालाइ पुनः हाम्रो कोषहरुलाई पुनर्जीवित बनाएर अनुहारलाई स्वास्थ्य बनाउछ। यदि तपाइँ आफ्नो छालालाई चिल्लो र कडा बनाउन, बुढ्यौलीका प्रारम्भिक लक्षणहरूको उपचार गर्न खोज्दै हुनुहुन्छ भने एचआइएफयू फेसियल धेरै प्रभावकारी हुनेछ। एचआइएफयू फेसियलले तपाइको अनुहारको छाला नेचुरलनै देखिन्छ, यस फेसियल पद्दतिले तुरुन्त रिजल्ट समेत प्रदान गर्छ भने एचआइएफयू उपचार तपाईको अनुहारमा मात्र सीमित छैन। यो घाँटीको पनि एक लोकप्रिय उपचार हो, जुन बुढ्यौलीको लक्षणहरुको लागी विशेष रूप देखि कमजोर छ ( यो समस्या हाम्रो इलेक्ट्रोनिक यन्त्रहरुलाई तल हेर्दा सबैले अझ बढाएको छ। र एचआइएफयू शरीरको अन्य ठाउँमा, जस्तै तिघ्रा, पेट र माथिल्लो हातहरूमा झिलिमिली वा चिल्लो छालाको उपचारमा पनि प्रभावकारी छ। रश्मिलाज फेसियल हाउसले काठमाडौं मल सुन्धाराको पहिलो तल्ला र चौथो तल्ला , बिजी मल गंगबुको चौथो तल्ला र बुद्ध मल माछापोखरी बाट सेवा प्रदान गर्दै आएको छ। रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो। जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ। सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन्। महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिला श्रेष्ठले जानकारी दिइन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *