काठमाडौंका हलमा हिन्दी फिल्म रोक लगाउने बालेनको निर्णयविरुद्ध अदालतमा रिट दर्ता
काठमाडौं । काठमाडौंका हलमा हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । नेपाल चलचित्र संघले बुधबार दिउँसो रिट दर्ता गरेको हो । यो रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले हिन्दी चलचित्र आदिपुरुषको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् ।
उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । बालेनको निर्णयका कारण महानगरका १७ वटा हलमा हिन्दी फिल्मको प्रदर्शन रोकिएको छ । बालेनकै कारण आदिपुरुष देशभर प्रदर्शन रोकिएको छ ।