पूर्ण रुपमा दृष्टि अपाङगता भएका व्यक्तीलाई रातो कार्ड दिन सांसद कालुराम राईको सरकारलाई आग्रह

काठमाडौं । एमाले सांसद कालुराम राईले पूर्ण अपाङगता भएका व्यक्तीलाई (क) वर्गमा राखेर रातो कार्ड दिन सरकारलाई आग्रह गरेका छन् ।

सांसद राईले बुधबार संसदमा मन्त्रालय अन्र्तगतको छलफलमा बोल्दै यस्तो बताएका हुन् । सरकारले गत वर्षको बजेट भाषणमा पेज (४३) को बुदाँ नम्बर २०७ अनुुसार पूर्ण दृष्टि अपाङगता भएका व्यक्तिहरुलाई (क) वर्गमा राखेर रातो कार्ड दिने भनिएपनि अहिलेसम्म उक्त निष्कर्ष लागू नगरिएकाले तत्काल लागू गर्नुपर्ने बताए । पुर्ण रुपमा दृष्टि अपाङगता भएका व्यक्तीहरुको अपाङगताको वर्गिकरण (क) नगरेको दृष्टि अपाङगता भएका व्यक्तीहरुको धेरै गुनासो रहेको समेत उनले बताए ।

पूर्ण रुपमा दृष्टि अपाङगता भएका व्यक्तीहरुलाई दोस्रो वर्गमा राखेर निलो कार्ड वितरण गर्दै आएको भन्दै उनले भने,‘ अपाङगता भएका व्यक्तीहरुलाई सामाजिक न्याय दिलाउन सरकार पछि हट्नु हुदैँन ।’

नेपाल सरकारको तथ्याङअन्सार शारिरिक रुपमा अपाङगता भएका व्यक्तीहरुलाई दश वर्गमा राखेर बर्गिकरण गरिएको छ । सो अनुसार शारिरीक रुपमा पूर्ण अपाङगता भएका व्यक्तीलाई नेपाल सरकारले रातो कार्डको वितरण गर्दे आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *