पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अतवरण
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अतवरण भएको छ ।
नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार बुधबार छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स पोखरा विमानस्थलमा एयरबस ३१९ को जहाज ९ बजेर ६ मिनेटमा अवतरण गरेको थियो ।
पोखरा विमानस्थलमा बिहान अपतरण गरेको जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत रहेको थिए ।
अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।