सामसङको एक अत्यन्त सुलभ कार्यक्रम–इन्स्टा फाइनान्स पावर्ड बाईहुलास फिन सर्भ


काठमाण्डौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षमभई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको छ । स्मार्टफोन आजका दिनमा भै नहुने अत्यावश्यक सामग्री भैसकेको छ । मानिसहरु आफ्नो फोनमा यति निर्भर रहने भैसकेकी स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न नसक्ने भैसकेका छन् । यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्ट फोनहरुको माग दिनप्रतिदिन बढीरहेको छ । मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन् । यहीतथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ ।

सामसङ इन्स्टाफाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, “सामसङ आज आफ्नो ग्राहकहरुकै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ । प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ ।

यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पु¥याउन शुरु गरेको छ । ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो । यो अत्यन्त सरल, झँझटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरत पर्ने छैन । ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्तगर्न सक्दछन् । ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्ट र बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणिकरण भएपछि ग्राहकहरुले कानूनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ, त्यस पश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *