वेष्ट इण्डिजविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाल सुरुवाती झड्का, भुर्तेल ५ रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती झड्का व्यहोरेको छ ।

नेपालका ओपनर कुशल मल्ल ५ रनमा आउट भएका छन् । उनलाई १.४ ओभरमा जोसेप होल्डरले बोल्ड गरेका हुन् ।उनी आउट भएपछि भीम सार्की ब्याटिङ्मा आएका छन् । उनले अर्का ओपनर आसिफ शेखलाई साथ दिइरहेको छन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनायो । उसका दुई ब्याटरले शतकीय पारी खेले ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *