सभापति रवि लामिछाने : एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताए ।

‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ विधि र विधान भन्दा बाहिर नगएर सम्पूर्ण कार्य गर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *