उत्तराखण्डका पूर्वमुख्यमन्त्री काठमाडौमा, भेटे प्रचण्डलाई
काठमाडौं । भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत काठमाडौं आइपुगेका छन् । बिहीबार काठमाडौं आएका रावतले शुक्रबार प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
भारतीय जनता पार्टीका नेतासमेत रहेका रावतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताबारे प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी बाहिर ल्याएको छैन ।
व्यक्तिगत भ्रमण भनिए पनि काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । रावतसँगै १४ जनाको टोली काठमाडौं आएको बुझिएको छ ।
नयाँ दिल्लीबाट आएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कांग्रेस नेता दिपक गिरीले स्वागत गरेका थिए ।
उत्तराखण्ड नेपालको छिमेकी भारतीय राज्य हो । त्यहाँका अधिकांश नेपाली मूलका भारतीयको नेपालसँग राम्रो सम्बन्ध छ ।