आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई चुनौती दिँदै
काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि हुदैछ ।
नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को हार बेहोरेर प्रतियोगिताको शुरुवात खराब गरेको छ । त्यस्तै भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।
यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।