कांग्रेस नेता लामाको निधन, सिन्धु कांग्रेसलाई क्षति


काठमाडौं । नेपाली कांग्रेसका नेता सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए । ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार थिए।तर, पराजित भएका थिए । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिका निवर्तमान सभापती आदरणिय नेता स्वः विकाश लामाको पार्थिव शरिरलाई बिहान विर अस्पताल मा ९ः३० बजेसम्म राखेर त्यसपछि ह्यल्मो गुम्वा बौद्ध तिनचुलेमा राखी बौद्ध धर्म अनुसार पुजापाठ गरि श्रदान्जली दिने कार्यक्रम रहेको छ । साथै उहाको पार्थिव शरीरलाई भोली विहान ११ः०० वजे सोही गुम्बा वाट शवयात्रा सहित काठमाण्डौ जोरपाटी जम्बोडाँडाँमा अन्त्येस्टी गरीने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *