काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी नियुक्त गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ ।

आगार्मी आर्थिक वर्षका लागि नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले महानगरको क्षेत्रगत जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न सो संख्यामा कर्मचारी नियुक्त गर्ने बताएका हुन् ।

उनले भने, ‘कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना चौकीदार ३२ जना स्वास्थ्यकर्मी २६९ जनार नगरप्रहरी जवान १५१ जनालाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउन आगामी आर्थिक वर्षको लागि ३० करोड रुपैया रकम बिनियोजन गरेको छु । नगरप्रहरी तर्फ कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *