चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्ने


काठमाडौं । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असार ६ गते भएको उक्त सम्झौतापत्रमा चिलिमे ईन्जिनियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *