ज्योति विकास बैंकको डेढ लाख कित्ता सेयर बिक्रीमा


काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको डेढ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूहका केही सेयरधनीहरुले १ लाख ६८ हजार ४ सय ९६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय २६ रुपैयाँ तोकिएको छ ।

आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनु पर्नेछ । बैंकको सेयरमा जो कोही सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा असार १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *