राष्ट्रियसभाको बैठक सुरु, केछ कार्यसूचीहरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८–७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८र७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८र७९ पेस गर्नुहुने कार्यसूची छ ।

आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्नेछन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न उठाए । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयदेखि भारतीय कम्पनीले ओगटिरहेका विषयमा भारत भ्रमणका क्रममा कुनै विषय नउठेको तर फुकोट कर्णाली जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा भारतलाई दिनेगरी सहमति भएको उनको भनाइ छ ।

सांसद युवराज शर्माले नेपालमा भारतीय चलचित्र रोक लगाइएको, बजेटमा रोजगारी सिर्जना गर्ने विषय सम्बोधन हुन नसकेको, विभिन्न नदीमा लगाइएको बाँधका कारण तराईका कितिपय स्थान डुबानमा पर्ने गरेकालगायत विषय उठाए । सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिम क्षेत्रलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको बताइन् । सुदूरपश्चिम क्षेत्रका नागरिकले आफ्ना साना माग पूरा गर्नका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने र काठमाडौँ धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *