वनमन्त्री महतो भन्छन् –मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य छ

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आइतबार आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी बजेट विनियोजन गरिएको बताएका हुन्। वन नियमावली २०७९ मा नीजि जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार(पसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए ।

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए। त्यस्तै, निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसारपोसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *