श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगडी उडेको श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं नै फर्किएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण गरेको थियो ।

आइतबार बिहान ७:५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

त्यसपछि ८:२० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । जहाजमा ७९ जना यात्रु थिए । उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *