सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ


काठमाडौं । रुपन्देहीमा सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं. को मारुती सुजुकी कारलाई बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा इँट्टा आकारको २ थान सुन जस्तो थातु फेला परेको हो ।

पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका १० का हुमानन्द गिरी रहेका सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका गिरी र गाडीलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *