सूर्यविनायकको बजेट २ अर्ब १० करोड
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट ल्याएको छ । आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत तर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख विनियोजन भएको छ ।
सूर्यविनायकले कूल बजेट मध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख, जिल्ला समन्वय समितिबाट २ करोड, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख कुल बजेटको स्रोत व्यवस्थापन हुने उल्लेख छ ।