डिशहोमको ‘एक वर्षमा २४ महिना’ नामक अफर
काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाइने भएको छ । ग्राहकहरूको मागलाई सम्बोधन गर्दै यस अफर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो योजना नेपालभर सीमित अवधिको लागि लागु हुनेछ ।