नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् ।

बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको हो । बुढाथोकी फरार मध्येका एक हुन् । शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् भने बाँकि सबै केन्द्रीय कारागारको थुनामा छन् ।

फरार १२ जना मध्येका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् भने बाँकि फरारको खोजि भईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *