बालेन विरुद्धको मुद्दा आजपनि हेर्न नभ्याउने सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र(बालेन)शाहविरुद्ध सर्वोच्च अदालतमा दायर परेको मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो । महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

शुक्रबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो । न्यायाधीश ढुंगानाकै इजलासमा आइतबार पनि पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याउने’मा परेको थियो ।

बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

सोहि कारण हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । जब कुरा देशको आउछ म कसैको कुरापनि मान्नेवाला छैन उनले फेसबुकको स्टाट्मा लेखेका थिए । सोहि अदालत को कुरा मा मेयर बालेन्द्र बालेनले अदालत को कुरालाई मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि यो अवस्था सिर्जना भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *