एमाले अध्यक्ष ओली भेट्न छोरीसहित बालकोट पुगिन् अभिनेत्री श्वेता खड्का
काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् । अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर बालकोट पुगेकी हुन् ।
बालकोटमा पुगेर सार्वजनिक गरेका तस्वीरमा श्वेता र ओली दुवै प्रसन्न मुद्रामा देखिन्छिन् । यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेकी उनी पछिल्लो समय छोरी हुर्काउन व्यस्त छिन् । उनले ओलीसँगको भेटपछि कुनै पनि काम प्रेमपूर्वक गर्दा लक्ष्मीको बास हुने बताएकी छन् ।
उक्त भेटका क्रममा ओलीले श्वेताकी छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको श्वेताले बताएकी छन् । ‘काम ठूलो हुनु पर्दैन, जे गर्छौ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मी को बास हुन्छ’, श्वेताले भनेकी छन्, ‘सम्मनानीय पूर्व प्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै ।’