नेपाल औषधि ब्यवसायी संघको ५०औ स्थापना दिवस,आश्रीत जेष्ठ नागरिकलाई खाना खुवाइ कार्यक्रम सम्पन्न
भक्तपुर । नेपाल औषधी व्यवसायी संघको ५०औं स्थापना दिवस को अवसरमा सामाजिक उत्तरदायित्व अन्तगर्त धोमा जगत आश्रम बोडेमा आश्रीत जेष्ठ नागरिकलाई खाना खुवाइ एक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आश्रमका उपाध्यक्ष सुर्यमान साहुखल, कोषाध्यक्ष र वडा नं. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठले आश्रमको योजना तथा मन्तव्य प्रकाश पार्नु भएको थियो । कार्यक्रम औषधी ब्यवसायी संघ भक्तपुरका सल्लाहकार तथा गायक कपिल कसपालले संचालन गर्नु भएको थियो ।
संघका अध्यक्ष नारायणप्रसाद भुसालले औषधी ब्यवसायी संघको बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा संघका महासचिव बिनोद सापकोटा कार्य समिति सदस्य सन्चर सिंह तामाङ र कोषाध्यक्ष दीपा बस्नेत, सल्लाहकार श्याम श्रेष्ठ, सदस्य मुरारी नेपाल सहित अन्य सामाजिक तथा जनप्रतिनिधिहरु लगायत को सहभागिता रहेको थियो । कार्यक्रममा धोमा गणेश जगत बृद्धाआश्रम लाई भक्तपुर औषधी व्यवसायी संघ भक्तपुरको तर्फवाट नगद १० दश हजार सहयोग हस्तान्तरण गरिएको थियो ।