मोरङमा नागरिकता लिनेकाे चाप अधिक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिने नागरिकहरुको चाप बढेको छ । मोरङमा अनुमानित ७० हजार जना जन्मसिद्ध नागरिकहरु नागरिकता लिनबाट बञ्चित छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता प्रदान गरेको जनाएको छ ।

पछिल्लो समय नागरिकता लिने वातावरण सिर्जना भएपछि मोरङमा नागरिकता लिनेको संख्या अधिक भएका कारण विहान ३ बजेबाट लाइनमा बस्नुपर्ने बाध्यता रहेको नागरिकहरुको गुनासो रहेको छ । भिडलाई शान्तिपूर्ण तरिकाले नागरिकता वितरण गर्नका लागि लाइनमा बसेका नागरिकलाई टोकनाका आधारमा पालो पर्खन अनुमति दिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेका छन् । उनीहरुलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *