हिमालयन बैंकले बेच्दै छ १८ ठाउँमा घरजग्गा
काठमाडौं । हिमालयन बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न १८ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले रामेछाप, काभ्रेपलान्चोक, रुपन्देही, काठमाडौं, झापा, पर्सा, मोरङ, महोत्तरी लगायतका जिल्लाका १८ ठाउँको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।