किसानको पिडा एकातिर , फेसन अर्काे तिर

काठमाडौँ । असार महिना बिषेश मानो रोपेर मुरी फलाउने महिना हो । यो समयमा किसानहरु रात दिन नभनि आफ्नो खेतबारिमा दु:ख गर्ने गर्दछन ।

वर्ष दिनको लागि धान रोप्न मेहनत गर्ने महिना को रुपमा चिनिने महिना असार । यस महिनाको पनि असार १५ को दिन त झनै विशेष हो । यो दिन पानी परे पनि, नपरे पनि धान रोप्ने, हिलो खेल्ने, दही चिउरा खाने लगाएतका चलन छ । सरकारी तवरबाट यस दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइने गरिन्छ ।

असार १५ किसानसँग जोडिएको दिन हो ,र एक पर्व हो । तर हिजोआज यो दिनलाई किसानले भन्दा गैरकिसानले फेसनको रुपमा मनाउने गरेको पाइन्छ । वास्तविक किसानहरु जसलाई धान रोप्नका लागि सिंचाई र मलको जोहो गर्नबाटै फुर्सद छैन र यो समय खान देखि लिएर बस्न र खेल्न त झन टाडाँको कुरा रहेको बेला गैरकिसानले फेसनको रुपमा मनाउने गरेको पाइन्छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले पनि देशका अधिकांश किसानको साझा समस्या को रुपमा रहेको छ । किनकि धेरै ठाउँमा अहिले पनि सिंचाइको उचित बन्दोबस्त नै छैन ।

सबैभन्दा मुख्य र ठुलोे समस्या किसानका लागि सिंचाइ नै हो । आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने उनीहरुको नियति नै हो । सहरी क्षेत्रमा त खेतीयोग्य जमिन पाउनै मुश्किल छ भने गाउँमा पनि बाटो मात्रै बनाउने होडबाजीले कुलोको अस्तित्व नै मेटिएको छ । पहिले एक दिन पानी पर्‍यो भने कुलोमार्फत पानी ल्याएर रोपाइँ गरिन्थ्यो तर अहिले कुलो नै बन्द हुँदा जम्ने गरी पानी नपरेसम्म रोपाइँ सम्भव हुन छाडेको छ किसानहहरु भन्छन ।

आर्थिक अवस्था राम्रो भएकाले खोला नजिक भएमा मेसिनले पानी तानेर रोपाइँ गरेका छन् भने कसैले ट्यांकरका ट्यांकर गाडीले पानी ओसारेर रोपाइँ गरेका छन् । तर निम्नवर्गीय किसान परिवारका सम्पूर्ण सदस्य दिनहुँ बिहानैदेखि साँझस्मम रोपाइँ गर्न बाध्य छन् ।

अहिले सुगम ठाउँमा सिंचाइको राम्रै सुविधा पुगेको भए पनि अन्य ठाउँको अवस्था झनै बिग्रिएको झै लाग्छ । आकाशे पानी, त्यसपछि कुलोको सहायताले पानी लगाएर धान रोप्ने चलन अहिले हराएको छ । सबैतिर एकैपटक धान रोप्ने चलन पनि अहिले खासै देखिंदैन पानिको पर्खाईमा बसेका किसानलाई असार मै धान रोप्न पनि निकै कठिनाई रहेको छ ।

मानिसहरुमा रोपाइँप्रतिको उत्साह जागर पनि कम भएको जस्तो लाग्छ । असार १५ का दिन औपचारिकता निभाउनेहरु बढी देखिन्छन् । फेसनबल पहिरनमा सजिएर खेतमा रोपाइँ गरेको फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने होडबाजी चलेको छ । यसबाट रमाइलोबाहेक किसानका मर्म भने कसैले नबुझे झैं लाग्छ हिजोआज यो दिनलाई किसानले भन्दा गैरकिसानले फेसनको रुपमा मनाउने गरेको बढि पाइन्छ ।

किसानलाई पानीको थोपाको महत्व हुन्छ । तर असार १५ मनाउने नाममा ट्‌यांकरका ट्यांकर पानी खेर फल्ने गर्दा पकै पनि किसानलाई भने फाइदा हुन्छ भन्ने चै लाग्दैन ट्यांकरको पानीले सानो टुक्रा खेतमा रोपाइँ गर्दा समग्र कृषिकर्मलाई फाइदा पुग्दैन । त्यसैले किसानका वास्तविक समस्या सिंचाइ, मल, प्रविधि, बजारका कुरामा ध्यान पुर्‍याउन जरुरी छ ।

धान दिवस मनाउने नाममा ट्यांकरको पानी खेर फाल्ने र कृषिमन्त्री गएर रोपाइँ गरेर कृषिको आधुनिकीकरणमा कुनै योगदान पुग्छ भन्न सकिंदैन सकेसम्म किसानको वास्तविक समस्या बुझ्न र किसानको समस्याको समाधान गदै पर्व मनाउदा झनै उचित हुनसक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *