कोसी प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत प्रस्तावका लागि भोटिङ भइरहेको छ । सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् ।

बिहीबार साँझ मुख्यमन्त्री कार्की प्रदेश सभामा उपस्थित नभएपछि आजका लागि बैठक सारिएको हो । बैठकमा उनले आफूलाई प्रदेश सभाको समर्थन रहेको छ भन्ने प्रस्ताव राख्दै मत मागेका थिए । तर विपक्षी गठबन्धन कुनै पनि हालतमा कार्कीलाई विश्वासको मत पुग्न नदिने रणनीतिमा छन् । प्रदेशमा एमाले गठबन्धनको ४६ र विपक्षी कांग्रेस गठबन्धनको समान ४६ मत छ । सभामुख बाबुराम गौतम जोड्दा विपक्षी गठबन्धनको मत ४७ हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *