नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउने


काठमाण्डौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउने भएको छ । नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । उनले नबिल सस्टेनेबल बैंकिङले सुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवर्धन गरिरहेको बताए ।

नबिल बैंकको प्रयासले थुप्रै उपलब्धि हासिल गर्न सफल भएको उनको दाबी छ । उनले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बजार पहुँच र वित्तीय समावेशिता विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको बताए । बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच विस्तार गरिरहेको छ । एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको ढुंगानाको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *