एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न


एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । सत्रौं वार्षिक साधारणसभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेशप्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बैंकले जनाएको छ ।

आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ । यस वैंकको हालसम्म कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलले उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा। ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र गणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *