प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने


काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालको परिसरमा एर्टीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । यससँगै, ग्राहक तथा सवैसाधारणले वन्डर्स नेपाल अन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाकटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्न सक्नेछन् । साथै, यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *