भाइरल पोस्टबारे निगमले भन्यो : यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै गरेको पाइएन

काठमाडौं । कोरियाबाट आउँदा त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा एक व्यक्तिको समान हराएको भाइरल पोस्टबारे नेपाल वायुसेवा निगमले प्रष्टीकरण दिएको छ ।

उक्त भाइरल पोष्टमा पर्यटनमन्त्री सुदन किरातीले चासो देखाएपछि आइतबार निगमले विप्ति जारी गर्दै यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै नगरेको बताएको हो । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै दामु दाइ भन्ने छविलाल भण्डारीले सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

तर, निगमका सह–प्रवक्ता गणेश कुमार घिमिरेले मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिएको निर्देशनअनुसार आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट गत असार १५ गते यात्रा गरेको तर ब्यागेज हराएको सम्बन्धमा नियमअनुसार ब्यागेज क्लेम डेस्कमा सम्बन्धित एयरलाइन्ससँग दाबी वा रिपोर्ट नगरेको पाइएको बताए ।

यसबारे स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको उनको भनाई छ । साथै २ वटा मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्रअन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *