सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट दाहाल पुरस्कृत


सहकारी पत्रकारिता पुरस्कार(२०७९) बाट सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्धनमा योगदान पुर्याएको भन्दै राष्ट्रिय सहकारी महासंघले दाहाललाई पुरस्कृत गरेको हो । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे दाहाललाई नगद २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरेका थिए ।

दाहाल नेपाल सहकारी पत्रकार समाज (सीजेएनै का निवर्तमान अध्यक्ष समेत हुन् । विगत डेढ दशकदेखि सहकारीलाई मात्र विट बनाएर उनले पत्रकारिता गर्दै आएका छन् । सहकारी पत्रकारिताको क्षेत्रमा दाहाल अब्बल पत्रकारको रुपमा स्थापित भइसकेका छन् । यस अघि पनि सहकारी क्षेत्रको विकासमा योगदान गरेको भन्दै राष्ट्रिय सहकारी बैंक लगायत अन्य संघ संस्थाबाट दाहाल पुरस्कृत भईसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *