सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट


काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएका छन् । बैंकका ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छुट पाउने छन । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *