देवडोल जीवन विज्ञानमा योगा प्रेमिहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा गुरुहरुप्रति सम्मान


भक्तपुर । देवडोल जीवन विज्ञानमा योगा प्रेमिहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा गुरुहरुप्रति सम्मान कार्यक्रम गरि गुरु पूर्णिमा मनाईयो । कार्यक्रम सञ्चालन यस जिवन विज्ञान संरक्षण समितिका सह सचिव विश्वनाथ ढुंगेलले गुरुका विषयमा चर्चा गरि गुरुकै विषयमा आफना कविता वाचन गरि कार्यक्रम सञ्चालन गरीएको थियो । त्यसैगरि कार्यक्रमको दोस्रो चरणमा श्रद्धेय द्वय गुरुदेवहरु प्रति जिवनविज्ञान संरक्षण समितिका अध्यक्ष बेखाबहादुर श्रेष्ठले दिप प्रज्वलनका साथै गुरुदेवद्वयलाई माल्यार्पण गर्नु भै कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा देवडोल जीवन विज्ञान योगाको बरिष्ठ प्रशिक्षक रंगीता वस्नेत र भक्तमायाँ श्रेष्ठलाई टीका लगाउनुको साथै योगा हलमा उपस्थित सबै जनाले खादा लगाई सम्मान गरीएको थियो । प्रत्येक वर्ष आफना जन्म दिने माता पिता र गुरुहरुलाई हृदय देखि सम्मान गरी आशीर्वाद वचन लिने गरीनेछ । त्यसैले हाम्रो नेपाली परम्पराका लागि यस्ता रितिवाजप्रति ब्ढो गम्भिरताका साथ हामिले अगाडि वढनु पर्दछ भनी यसै जीवन विज्ञान देवडोल समितिको वरिष्ठ प्रशिक्षक रगिता वस्नेतले सवैका लागि सधैका लागि मेरो मायाँ यहाँहरु प्रति अटुट रहनेछ र मलाई यसरी यहाँहरु म भन्दा अग्रज हुनुहुन्छ तैपनि मलाई मायाँ गरिदिनु भयो यसका लागि म धेरै खुसि छु । यहाँहरु सबैको जयहोस कल्याणहोस हरी ॐ भनी सम्वोधन गर्नु भएको थियो। कार्यक्रम सञ्चालक संरक्षण समितिका सचिव दुर्गादेवि अर्यालले नियमित झै आज पनि हजुरहरु आई यस कार्यक्रमलाई सफल पारि दिनु भयो , यहाँहरु सवैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरीएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *