मुलपानीको क्रिकेट मैदानको नामाकरणप्रति किन स्थानीय असन्तुष्ट ?

काठमाडौं । ठाउँ विशेष केन्द्रित भएको मूलपानी क्रिकेट मैदानको नामाकरण गरेपछि स्थानीयवासीहरुले . विरोध जनाउँदै स्थानीयले ताला लगाएका छन् ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको मैदानको नाम गत शुक्रबार परिवर्तन गरेर नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथशाहको नाममा राख्ने निर्णय गरेपछि स्थानीयहरुले उक्त नामाकरणप्रति असन्तुष्ट व्यक्त गर्दै आइतबारदेखि सो खेलकुद मैदानमा ताला लगाएका छन् ।

मुलपानीमा निर्माणाधिन अवस्थामा रहेको सो क्रिकेट मैदानको नाम पुरानै हुनुपर्ने स्थानीयवासीले माग राखेका छन् । लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको मैदानले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन् । सरकारले यस क्रिकेट मैदानलाई पूर्णता दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *