राष्ट्रियसभाको बैठकको प्रारम्भ र स्थगन उपाध्यक्षले गर्ने, अध्यक्षले दिए स्वीकृति

काठमाडौं । राष्ट्रियसभाको बैठक प्रारम्भ र स्थगनको अधिकार उपाध्यक्षले पाएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना सोमबार र मंगलबार उपत्यका बाहिर जाने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले आज र भोलिको बैठकको प्रारम्भ र स्थगन गर्ने भएकी छन् ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफू उपत्यका बाहिर रहेकाले उपाध्यक्षले राष्ट्रिय सभा नियमावली २०७५ नियम ६ को उपनियम ४ बमोजिम बैठकको प्रारम्भ तथा स्थगन गर्ने राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिएका छन् ।

त्यसका लागि अध्यक्ष तिमिल्सिनाले असार १८ र १९ गतेको राष्ट्रियसभा बैठकका लागि लिखित निर्देशन दिइसकेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *