सांसद बेल्वासे : महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्छ

काठमाडौँ । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताएकी हुन् । सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरु संरक्षण गर्नेगरी मात्रै बजेट आएको उनको भनाई छ । सांसद बेल्वासेले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी देशलाई खेलाडीहरुले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् ।

राष्ट्रियसभा सदस्य बेल्बासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताइन् । उनले देशभित्र सञ्चालन भएका उद्योगहरुलाई प्रवर्द्धन गर्नुपर्ने लगाएतका कुराहरु बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *